खेलफूटबल

पुमाले इजरायली राष्ट्रिय फुटबल टोलीसँगको प्रायोजन सम्झौता अन्त्य गर्ने

जर्मन खेलकुद सामग्री निर्माता पुमाले गाजामा युद्ध सुरु हुनुभन्दा अघि गरिएको निर्णयमा इजरायलली राष्ट्रिय फुटबल टोलीसँगको प्रायोजन सम्झौता अन्त्य गर्ने मङ्गलबार बताएको छ ।

इजरायली राष्ट्रिय फुटबल टोली

सन् २०२२ को अन्त्यमा गरिएको रणनीति समीक्षापछि आगामी वर्षदेखि इजरायल टोलीलाई सामग्री उपलब्ध गराउन बन्द गर्ने कम्पनीले बताएको छ । “दुई नयाँ हस्ताक्षरित राष्ट्रिय टोलीहरूको घोषणा यो वर्षको अन्त्य र सन् २०२४ मा गरिने छ, सर्बिया र इजरायलजस्ता केही महासङ्घको सम्झौता भने सन् २०२४ मा समाप्त हुनेछ”, कम्पनीका एक प्रवक्ताले विज्ञप्तिमार्फत भन्नुभयो, “यी निर्णय सन् २०२२ मा टोली जर्सीको डिजाइन र विकासका लागि नियमित समयसीमाअनुसार लिइएको थियो ।”

सन् २०१८ मा इजरायलसँग हस्ताक्षर गरिएको सम्झौताले पुमा ब्रान्ड बहिष्कार गर्न प्रेरित गरेको छ । अभियानकर्ताहरूले पुमामाथि इजरायली एफएसँग उसको सम्झौतामार्फत पश्चिम किनारमा अवैध इजरायली बस्तीहरूको समर्थन गरेको आरोप लगाएका छन् । इजरायली एफएमा कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका टोलीहरू समावेश छन् ।

अक्टोबरमा गाजामा इजरायल र हमासबीचको युद्धको प्रारम्भले इजरायलको समर्थन गर्ने उत्पादनहरू बहिष्कार गर्ने लामो समयदेखिको मागलाई बलियो बनाएको छ ।

हमासका लडाकूहरूले गाजाको सैन्यीकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र दुई सय ४० बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध सुरु भएको छ । बन्धक बनाइएकामध्ये एक सय ३७ जना गाजामा रहेका छन् ।

जवाफमा इजरायलले हमासलाई समाप्त पार्ने वाचा गरेको छ र गाजामा व्यापक बमबारी र स्थल कारबाही सुरु गरेको छ । इजरायलको जवाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १८ हजार दुई सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.