खेलफूटबल

विश्वकप हेर्न आफन्त पठाउने कि खेलाडी ? (भिडियोसहित)

कतारमा जारी २२ औं विश्वकप फुटबलको सेमिफाइनलका खेलहरु डिसेम्बर १३ बाट सुरु हुँदैछन् । यस विश्वकपमा अप्रत्यासित नतिजा आउने क्रममा मोरक्कोको प्रदर्शन इतिहासमै स्मरणीय बन्न पुगेको छ ।

नेपालीहरुको रगत, पसिना बगेर, अनि ज्यान गुमेर बनेका रंगशालाहरुमा भैरहेको फुटबल खेल हेर्न नेपालीहरुको उपस्थिति पनि बाक्लै देखिन्छ । तर, फुटबल  हेरेर सिक्नपर्ने खेलाडीहरु भने टेलिभिजनको पर्दामै सीमित हुन पुगेका छन् ।

विश्वभरका फुटबल प्रेमी, खेलाडी तथा प्रशिक्षकहरुका लागि विश्वकप फुटबल एक महान मेला र ठूलो प्रशिक्षणको स्रोत पनि हो । किनभने फुटबलका विश्वविख्यात खेलाडीहरुको प्रदर्शन हेरेर पारखीहरुले मनोरञ्जन गर्ने र खेलाडीहरुले सिक्ने मौका पनि हो ।

तर, यो मौकाको प्रत्यक्ष लाभ नेपाली फुटबल खेलाडीहरुले भने लिन पाइरहेका छैनन् । फूटबल हेर्नका लागि फिफाले अखिल नेपाल फुटबल संघलाई टिकट पठाएको हुन्छ तर, एन्फा पदाधिकारीले सो टिकट आफ्ना नातेदारहरुलाई दिने गरेको आरोप खेलाडीहरुले लगाइरहेका छन् ।

विश्वकप फुटबलको प्रत्यक्ष अवलोकन गरेर आफ्नो सीप निखार्ने अवसरबाट वञ्चित गरिएका खेलाडीहरुले सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन् । यस क्रममा थ्रिस्टार क्लबका खेलाडी डोना थापाले आफ्नो फेसबुक पेजमा यस विषयमा आक्रोश पोखेका छन् ।

खेलाडीहरुको यो आक्रोशलाई एन्फाले कत्तिको मनन् गर्छ त्यो हेर्न बाँकी छ । तर, नेपालमा खेल विकासको जिम्मेवारी लिएकाहरु मात्र हैन कुनै पनि निकायमा हुने अनैतिक क्रियाकलापकै कारण आज प्रतिभा पलायनले आकाश छुन थालेको छ । यो विषयलाई सम्बन्धित सबैले गम्भीरतापूर्वक लिनुपर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.