जन सरोकार

लिबियामा नेपाली शान्ति सैन्यको उच्च प्रशंसा

लिबियामा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको राष्ट्र सङ्घलगायत त्यहाँका सरकारी निकायले उच्च प्रशंसा गरेका छन् । कोभिड–१९ को विषम परिस्थितिमा पनि नेपाली सेनाले स्वास्थ्य सुरक्षा, उपचार तथा राष्ट्रसङ्घसँग सम्बन्धित निकायहरुसँग सुमधुर सम्बन्ध कायम गर्दै तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सो प्रशंसा गरिएको हो ।

नेपाली शान्ति सेनाका सम्पूर्ण फौजको उच्च सम्मानसहित ‘मिशन लिबिया’का प्रमुख तथा लिबियास्थित संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधिहरुले प्रशंसापत्र प्रदान गर्नुभएको छ ।



कतव्र्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका सेनानी मोहनकाजी श्रेष्ठ र जमदार थिरप्रसाद गौतमप्रति उहाँहरुले हार्दिक श्रद्धाञ्जलि एवं शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको नेपाली सेनाले आज जनाएको छ ।

सम्बन्धित खबर

Back to top button