जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-३ देउवा चोकस्थित खाली जग्गामा पार्किङ गरी चार्जमा राखेको बागमती प्रदेश ०१-०२७ च १५८१ नम्बरको इलेक्ट्रिक कारमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा कार पूर्णरूपमा जलेर नष्ट भएको छ ।

त्यस्तै झापा, झापा गाउँपालिका-६ चप्रामारी चोकस्थित राईजिङ कृषि फर्म तथा कुखुरा पालनमा गएराति आगलागी हुँदा करिब २२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस्तै सिरहा, कल्याणपुर नगरपालिका-१० स्थित सोही ठाउँ बस्ने २२ वर्षीय मो. कलाम मिँयाको कुखुरा फर्ममा सोमबार बिहान आगलागी हुँदा फर्म र फर्मभित्र रहेको कुखुराको दाना लगायतका सामान जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.