राजनीति

भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेस सांसद गुरुङ निलम्बनमा

विशेष अदालतममा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ । गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मङ्गलबार सूचना जारी गर्दै सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाउनुभएको हो । उहाँविरुद्ध २०७५ माघ माघ २१ गते विशेष अदालतमा दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दा किनारा लागेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ)ले राष्ट्रसेवकविरुद्ध दायर भएको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार गुरुङको प्रतिनिधि सभा सदस्य पद निलम्बन भएको सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.