जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रूपन्देही, शुद्धोधन गाउँपालिका-२ पडरवा टोलमा लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोधको बुधबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-२९ भतेरी जंगलस्थित सडकमा लु.८ प २५६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नवलपरासी पश्चिम सुनवल नगरपालिका-८ जयगुडी बस्ने ६२ वर्षीय श्रीमान गुरुङको गएराति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.