जापान

जापानको समुन्द्रमा उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले बिहीबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ ।

यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौं मिसाइल परीक्षण हो। चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघमा अमेरिकको प्रयासलाई रोकेका छन् ।

यो कदम उत्तर कोरिया सम्बन्धी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बन्दसत्र बैठक अघि आएको हो। यस हप्ता प्योङयाङको रणनीतिक निर्देशित क्षेप्यास्त्र परीक्षणपछि दुई हप्तामा यो दोस्रो पटक यस्तो बैठक हुन लागेको, अल जजीराले जनाएको छ ।

उत्तर कोरियाले सोमबार दुईवटा रणनीतिक निर्देशित क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ जसले “कोरियाको पूर्वी सागरमा रहेको टापु लक्ष्यमा ठ्याक्कै प्रहार गरेको छ।” यो एक महिनामा गरिएको चौथो मिसाइल परीक्षण थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.