राजनीति

ग्यास सिलिण्डर बिस्फोट हुँदा कांग्रेस नेता डा. भण्डारी उहाँकी आमा गम्भीर घाइते

नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमा गम्भीर घाइते हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा बुधबार राति ग्याँस सिलिण्डर विस्फोट हुँदा घाइते हुनुभएका डा. भण्डारी र उहाँकी ८६ वर्षीया आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल पुग्नुभएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उहाँहरुको अवस्था गम्भीर रहेको सामाजिक संजालमा लेख्नुभएको छ ।

चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.