राजनीति
पूर्व प्रधानमन्त्री खनाल भारत प्रस्थान
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्नुभएको छ । प्रतिनिधिमण्डल दुई दिनको कार्यक्रम सकेर काठमाडौँ फर्कने कार्यक्रम छ ।
भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।
पार्टीका विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शङ्कर खतिवडा हुनुहुन्छ ।




प्रतिक्रिया राख्नुहोस्