राजनीति

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

ग्याँस सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

डा चन्द्रकान्त भण्डारी

मुख्य सर्जन डा सुनिल केसवानीको भनाइअनुसार नेता भण्डारीको दायाँ खुट्टामा ‘डिप इन्जुरी’ रहेका कारण सोचेभन्दा धेरै समय शल्यक्रियामा लागेको, तर खुट्टा सामान्य रहेको उपचार समन्वयमा सँगै रहनुभएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभयो । दुवै खट्टाको शल्यक्रिया सम्पन्न भएको र दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने ‘अब्जर्वेसन’पछि मात्र निर्णय हुने नेता कँडेलले जानकारी दिनुभयो ।

बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा बिहीबार बिहान निधन भएको हो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

उहाँको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्रीएयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.