राजनीति

नयाँ राष्ट्रपति कांग्रेसबाट बन्ने, पुरानै गठबन्धन ब्यूँतिने शर्माको दाबी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले मुलुकको नयाँ राष्ट्रपति कांग्रेसबाट बन्ने बताउँदै अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने दावी गर्नुभएको छ ।

नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी भन्नुभयो, “राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।”

महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताउनुभयो ।

पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटीका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उहाँले त्यसमा कसले के कति गल्ती ग¥यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताउनुभयो । अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.