संयुक्त अरब इमिरेट्समा आजबाट सुरु भएको आईसीसी विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल विजयी भएको छ । खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई चार विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पिएनजीले दिएको दुई सय चार रनको विजयी लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले ५६ रनको अद्र्धशतकीय पारी खेले भने आशिफ शेखले ४४ रन बनाए । ज्ञानेन्द्र मल्ल ४ रनममा आउट हुँदा आरिफ शेखले ३३ कप्तान रोहित पौडेल २० रन बनाएर आउट भए । नदीपेन्द्रसिं ऐरीले २२ रन बनाए भने कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै दुई सय तीन रनको योगफल बनाएको थियो ।
पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित ३६ रन बनाए भने कप्तान असाद भालाले ३६, सेसे बाउले ३१, किपीलन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।
नेपालका लागि गुल्सन झाले ३ विकेट लिए भने कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए ।




प्रतिक्रिया राख्नुहोस्