चितवन क्षेत्र नं. २ मा कांग्रेसबाट उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिश
आउँदो वैशाख १० गते हुने चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले ११ जनाको नाम उम्मेदवारका रुपमाा सिफारिश गरेको छ ।
सिफारिश हुनेमा गत निर्वाचनमा पराजित हुनुभएका उमेश श्रेष्ठसहित जिल्ला पार्टी सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, देवेन्द्र गुरूङ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहनुभएको छ ।
क्षेत्रीय सभापति भरत लामिछानेले नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं २ चितवनको बैठकले उहाँहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाएको जानकारी दिनुभयो ।
क्षेत्रीय कार्यसमितिको पदाधिकारीहरुको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरेर चितवन क्षेत्र नं २ बाट विविध कारणले कांग्रेसको कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
गत मंसिरमा भएको संघीय निर्वाचनमा चितवन २ बाट ठूलो मतान्तरसहित विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उहाँको सांसद पद गएको थियो ।




प्रतिक्रिया राख्नुहोस्