जिम्बाव्वेमा आजदेखि सुरु भएको विश्वकप क्रिकेट छनोट अन्तर्गत पहिलो खेलमा नेपाल र जिम्बाव्वे प्रतिस्पर्धा गरिरहेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको सुरुवाती ब्याटर कुशल भुर्तेल र आशिफ सेखले कीर्तिमानी साझेदारी गरेका छन् ।
पहिलो विकेटका लागि कुशल र आसिफ शेखले १ सय ७१ रनको साझेदारी गर्दैै उत्कृष्ट साझेदारी गरेका छन् । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।
ब्याटिङको उत्कृष्ट नमूना पेश गर्दै कुशल भुर्तेलले ९५ बबलमा ९९ रन बनाएर शतक पूरा गर्नबाट १ रनले चुके पनि आशिफले ६६ रन बनाएर आउट भएका छन् । ९९ रन बनाउने क्रममा भुर्तेलले १३ चौका र २ छक्का हानेका छन् ।
यसअघि २०२३ फेब्रुअरीमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले नामिबिया विरुद्ध लिग टु मा कीर्तिपुरमा दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।
यसै गरी आशिफ शेखले क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् । एक दिवसीय क्रिकेटमा उनको नवौं अर्धशतक पूरा गरेका आशिफले ६६ रनको योगदान दिए ।



प्रतिक्रिया राख्नुहोस्