राजनीति

जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्छ : सभापति देउवा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सबल तुल्याउन जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सभापति देउवा

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान अर्पण समारोहलाई बुधबार पोखरामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले राष्ट्रलाई योगदान गर्ने किसिमको रचनात्मक पत्रकारिताको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

पुरस्कारको स्थापना गर्ने समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्व सूर्यबहादुर केसीको योगदानको स्मरण गर्दै सभापति देउवाले पुरस्कृत व्यक्तित्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा सभापति देउवाले एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७, २०७८ र २०७९ बाट क्रमशः नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोलालाई सम्मान गर्नुुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न नचाहेको बताउँदै यसको नियमन भने जरुरी भएको बताउनुभयो । सामाजिक सञ्जाल र प्रेस फरक हो भन्ने कुरालाई आमजनमानसमा बुझाउनु आवश्यक भएको उहाँले बताउनुुभयो ।

पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री सुशीला सिंखडा, सम्मानित व्यक्तित्वत्रय डा आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टका किरण केसी, बद्रीविनोद प्रतीक, पुण्य पौडेललगायतले नेपालको पत्रकारिता, विद्यमान चुनौतीलगायत आफ्ना विचार राख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.