भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्सले पहिलो जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा पञ्जाब किंग्सलाई २१ रनले पराजित गर्दै लखनउले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
प्रतियोगितामा पञ्जाबको भने यो दोस्रो हार हो । लखनउको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभर ८ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । लखनउको लागि क्विन्टन डीककले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकीय पारी खेले भने कप्तान निकोलस पुरनले २१ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाए ।
त्यस्तै, २२ बलमा ४३ रन बनाएका कुर्नाल पाण्ड्या अविजित रहँदा मार्कुस स्टोइनिस १९ र केएल राहुलले १५ रन जोडे । पञ्जावका लागि साम करनले ३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिँदा कागिसो रबडा र राहुल चहरले समान १-१ विकेट लिए । लखनउले दिएको २ सय रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७८ रनमात्र बनायो ।
पञ्जावको लागि कप्तान शिखर धवनले ७० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी ब्यारिस्टोले ४२ रन जोड्दा लियम लिभिङस्टोन २८ रनमा नटआउट रहे भने प्रभसिम्रन सिंहले १९ रन बनाए । लखनउको लागि आइपिएलमा डेब्यु गरेका मंयक यादवले ३ विकेट लिए भने मोसिन खानले २ विकेट हात पारेका थिए ।
प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद दिउँसो ३:४५ बजे भिड्दै छन् भने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सपुर किंग्स राति ७:४५ बजे आमने सामने हुने छन् ।




प्रतिक्रिया राख्नुहोस्