राजनीति

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध पक्षमा कुराकानी भएको थियो ।

टका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आउनुुभएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहनुुभएका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै हुनुहुुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.