वेस्ट इण्डिज र नेपालबीच जारी युनिटी कप टी २० श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा ११ भित्र परेपछि करण केसी नेपालका तर्फबाट सर्वाधिक टी २० खेल्ने दोस्रो खेलाडी बनेका छन् ।
नेपालबाट अहिलेसम्म उपकप्तान दीपेन्द्र सिं ऐरीले सर्वाधिक ८४ टी २० खेलेका छन् भने आजको खेलपछि करण पनि सोही हारमा उभिने छन् ।
नेपाली राष्ट्रिय टोलीकाा उपकप्तान ऐरी आजको खेलमा समावेश छैनन् । सन् २०१८ बाट खेल्न सुरु गरेका ऐरीले ८४ खेलबाट ५४ विकेट लिएका छन् भने एक हजार आठ सय ४० रन बनाएका छन ।
सन् २०१५ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेका करणको बलसंगै नेपाललाई चाहिएका बेला ब्याटबाट पनि अति महत्वपूर्ण म्याच जिताउने क्षमता रहेको छ ।
अन्तर्राष्ट्रिय जगतमा भ्यालेन्टाइड ब्वाईका रुपमा परिचित करणले अहिलेसम्म ८३ टी २० मा १०५ विकेट लिएका छन् भने ४ सय ६८ रन बनाएका छन् ।




प्रतिक्रिया राख्नुहोस्