क्रिकेटखेल

विश्वकप छनोटको उत्कृष्ट खेलाडीमा भुर्तेल, दीपेन्द्र, गल्शन र सन्दीप टप ११ मा

ओमानमा शुक्रबार सम्पन्न आइसिसी टी–२० विश्वकप एसिया, इष्ट एसिया प्यासिफिक छनोटको उपाधी जितेको नेपालका ओपनर ब्याट्समयान कुशल भुर्तेल प्रतियोगिताको उत्कृष्ट खेलाडीको शीर्ष स्थानमा परेका छन् ।

छनोट चरणमा खेलाडीहरुले गरेको प्रदर्शनलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आ (ईसीसीलें)ले उत्कृष्ट ११ खेलाडीको सूची सार्वजनिक गर्दा भुर्तेल शीर्ष स्थानमा परेका छन् भने नेपालबाट थप तीन खेलाडी ११ जनाभित्र रहेका छन् ।

भुर्तेलसँगै नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी, अलराउन्डर गुलशन झा र स्पिनर सन्दीप लामिछाने उत्कृष्ट ११ मा पर्न सफल भएका छन्।

यसपटकको टिममा अन्य देशबाट राम्रो प्रदर्शन गर्ने खेलाडी पनि समावेश छन्। कतारका जुबेर अली र कप्तान मिर्जा बेग, संयुक्त अरब इमिरेट्स (यूएई)का अलिशान सराफु, जापानका एसाम रहमान, र ओमानका विनायक शुक्ला, नदीम खान तथा जितेनकुमार रमानन्दी उत्कृष्ट खेलाडीको सूचीमा परेका छन्।

नेपालका चार खेलाडीको नाम यसरी समावेश हुनु नेपालको हालैको प्रदर्शन र टोलीको उदीयमान क्षमताको अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.