क्रिकेटखेल

दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड टी-२० विश्वकपको फाइनलमा, एलेनको शतकीय पारी

फिन एलेनको शतकीय पारीको मद्दतले दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको हो ।

भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै दक्षिण अफ्रिकाले १ सय ६९ रन बनायो । दक्षिण अफ्रिकाका लागि मार्को ज्यानसेनले ३० बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै अविजित रहँदै ५५ रनको अर्धशतकीय पारी खेले भने डेवाल्ड ब्रेभिसले ३४ रन बनाए । यस्तै ट्राइस्टन स्टब्सले २९ रन जोड्दा एडन मार्क्रमले १८ रन र क्विन्टन डी ककले १० रन बनाए ।

न्युजिल्यान्डका लागि म्याट हेनरी र कोल मेकोनी र रचिन रविन्द्रले समान दुई-दुई विकेट लिए भने लकी फर्गुसन र जेमी निशमको भागमा समान एक-एक विकेट रह्यो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले १२ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डको लागि फिन एलेनले ३३ बलमा १० चौका र आठ छक्का प्रहार गर्दै अविजित रहँदै १०० रनको शतकीय पारी खेले बने टिम सेफर्टले ३३ बलमा सात चौका र दुई छक्काको मद्दतमा ५८ रनको अर्धशतकीय इनिङ खेले । यी दुईले पहिलो विकेटको लागि १ सय १७ रनको शतकीय साझेदारी गरेका थिए । टी-२० विश्वकपमा एलेनले सबैभन्दा कम बलमा शतकको कीर्तिमान बनाएका छन् ।

त्यस्तै रचिन रविन्द्रले रन १३ रनमा अविजित रहे । दक्षिण अफ्रिकाको लागि कागिसो रबडाले एक विकेट लिए । जितसँगै न्युजिल्यान्डले समूह चरणमा दक्षिण अफ्रिकासँग व्यहोरेको हारको बदला पनि लिएको छ । अब न्युजिल्यान्डले उपाधिको लागि बिहीबार हुने भारत र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग आइतबार खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.