राजनीति

नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड

परराष्ट्रमन्त्री शिशिर खनालसँग बिहीबार नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच आपसी हितका विविध क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी उहाँहरूबीच श्रम आप्रवासन, जलविद्युत् र कृषिमा साझेदारी, पर्यटन प्रवद्र्धन तथा लगानी विस्तारका विषयमा छलफल भएको थियो ।

साथै नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने सम्बन्धमा पनि विभिन्न पक्षमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.