क्रिकेटखेल

सुदूरपश्चिमलाई पराजित गर्दै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मीले तेस्रो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

टिबी शाह क्रिकेट मैदान विरगञ्जमा भएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि अशोक धामीले सर्वाधिक ४३ रन बनाए भने किरण ठगुन्नाले ३५ रन जोडे ।

त्यस्तै नारायण जोशीले २९ रन जोड्दा हेमन्त धामीले १६ रन बनाए । आर्मीका लागि आकाश चन्द र शाहब आलमले समान तीन-तीन विकेट बसिर अहमदको भागमा दुई विकेट रह्यो ।सुदूरपश्चिमले दिएको १ सय ६१ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

आर्मीको लागि इम्रान शेखले ४६ रन बनाए भने बसिर अहमदले ४५ र कुशल मल्ल १७ रन जोडे । सुदूरपश्चिमका लागि हेमन्त धामीले दुई विकेट लिए भने विकास आग्री, अशोक धामी र कप्तान शेर मल्लको भागमा समान एक-एक विकेट रह्यो ।

प्रतियोगिता जितेसँगै आर्मीले उपाधिसंगै नगद १० लाख र उपविजेता सुदूरपश्चिमले ५ लाख प्राप्त गरेका छन् । यसअघि आर्मीले सन् २०१७ को पहिलो संस्करणमा नेपाल पुलिससँग संयुक्त विजेता तथा सन् २०२१ मा एपिएफलाई पराजित गर्दै च्याम्पियम भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.