क्रिकेटखेल

दीपेन्द्रको कप्तानीमा युएईविरुद्धको टी-२०आई सिरिजका लागि नेपाली टोलीको घोषणा

सोमबार र मंगलबार हुने युएईविरुद्धको टी-२०आई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । शुक्रबार नेपाल क्रिकेट संघ(क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नियमित कप्तान रोहित पौडेल भने १५ सदस्यीय टोलीमै छैनन् । क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।

त्यस्तै टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गर्दा सन्तोष यादव र हेमन्त धामी पनि टोलीमा अटाएका छन् । सन्तोष यादवले पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा मौका पाएका हुन् ।

नेपाली टिम

दीपेन्द्रसिंह ऐरी(कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, नन्दन यादब, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल ।

वैकल्पिक खेलाडी
प्रतिश जिसी, नारायण जोशी र रशिद खान ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.