क्रिकेटखेल

आइपिएलमा दिल्लीद्वारा बेंगलुरु छ विकेटले पराजित

भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) २०२६ मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा दिल्लीले बेंगलुरुलाई ६ विकेटले पराजित गरेको हो ।

बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । बेंगलुरुको लागि फिल साल्टले ३८ बलमा ६३ रनको अर्धशतकीय पारी खेले भने टिम डेभिडले १५ बलमा २६ रन बनाए ।

त्यस्तै विराट कोहलीले १९ रन जोड्दा देवदत्त पडिकलले १८ रन बनाए । दिल्लीको लागि अक्षर पटेल, कुलदीप यादव र लुङ्गी न्गिडीले समान दुई-दुई विकेट लिए भने मुकेश कुमारको भागमा एक विकेट रह्यो । बेंगलुरुले दिएको १ सय ७६ रनको लक्ष्य दिल्लीले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको लागि ट्रिस्टन स्टब्सले ४७ बलमा अविजित रहँदै ६० रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै अक्षर पटेलले २६ रन जोड्दा डेभिड मिलर २२ रनमा अविजित रहे । बेंगलुरुको लागि भुवनेश्वर कुमारले तीन विकेट लिए भने क्रुनाल पान्ड्याको भागमा एक विकेट रह्यो ।

जितसंगै दिल्ली पाँच खेलमा छ अंक जोड्दै चौथो स्थानमा छ भने छ खेलमा आठ अंक जोडेको बेंगलुरु अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.