राजनीति
कांग्रेसले निवर्तमान उपसभापति खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतामाथि छिनोफानो गरेपछि पार्टी एकताबद्ध बनाउने दायित्व पाएको वर्तमान नेतृत्व लचक भएर प्रस्तुत हुन थालेको छ । यसै क्रममा सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासंग संवाद गर्नुभएको थियो ।
यसै गरी कांग्रेसको केन्द्रीय अनुशासन समितिले खड्कालाई सोधेको स्पष्टीकरण पनि फिर्ता लिने भएको छ । आज सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने भएको हो ।
अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको बताइएको छ । खड्कालाई २ वैशाखमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।





प्रतिक्रिया राख्नुहोस्