यूएईविरुद्धको दुई खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपालमा पहिलो फ्लट लाइटमा अन्तर्राष्ट्रिय खेल आयोजना हुन लागेको हो । क्यानले यस सिरिजलाई ‘अन्डरलाइट ट्वान्टी २० सिरिज’ नामाकरण गरेको छ । घरेलु मैदानमा नेपालले अन्तर्राष्ट्रिय खेल रातको समयमा लागि खेल्न लागेको यो पहिलो हो ।
नेपाल यस सिरिजका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रदैछ । नेपालमा लिग–२ पूर्व टी-२० सिरिज खेल्न लागेको हो । आईसीसी विश्वकप लिग-२ अन्तर्गत मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला नेपालमै हुनेछ ।
हेड टु हेड हेर्ने हो भने नेपाल र यूएईले हालसम्म टी-२० आईमा ११ पटक भिडेका छन् । जसमा नेपाल छ खेलमा विजयी हुँदा यूएईलेभने पाँच खेलमा जित हासिल गरेको छ । सिरिज अन्तर्गत दोस्रो तथा अन्तिम खेल भने भोलि मंगलबार हुनेछ ।
नेपालको प्लेइङ्ग ११ मा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, बसिर अहमद, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, अर्जुन साउद, हेमन्त धामी र शेर मल्ल रहेका छन् । त्यस्तै बलर हेमन्त धामीले ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । युएईविरुद्धको ऐतिहासिक ट्वान्टी २० खेलमा हेमन्तले डेब्यु गरेका हुन् ।




प्रतिक्रिया राख्नुहोस्