अर्थ
एक हजार छ सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनकोे मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुन प्रतितोला रु एक हजार ६०० बढ्दा चाँदी भने रु ३० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १६० कायम भएको छ ।
हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १९०मा कारोबार भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २२५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार सात सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्