राजनीति

केरा बिचौलियालाई कारबाही माग गर्दै ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई खुलापत्र

केही दिनयता बजारमा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहँदा किसानले भने केवल ७० देखि ८५ रुपैयाँ मात्र पाइरहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहका नाममा खुलापत्र लेख्नुभएको छ ।

ज्ञानेन्द्र शाही

नेता शाहीले शाहीले सामाजिक सञ्जालमार्फत केरा किसानले भोगिरहेको मूल्य असमानताप्रति सरकारको ध्यानाकर्षण गराउँदै केराको बजार मूल्य र किसानले पाउने मूल्यबीचको ठूलो अन्तर अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गर्दै पत्र सार्वजनिक गर्नुभएको हो ।

खुलापत्रमा शाहीले बजारमा केरा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहँदा किसानले भने केवल ७० देखि ८५ रुपैयाँ मात्र पाउनु अत्यन्तै दुःखद अवस्था भएको उल्लेख गर्दै लेख्नुभएको छ, “उत्पादन गर्ने किसानले न्यूनतम लाभ पनि नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था अन्यायपूर्ण छ ।”

शाहीका अनुसार यस समस्याको प्रमुख कारण बिचौलियाको अत्यधिक प्रभाव हो। किसानबाट सस्तोमा खरिद गरी विभिन्न तह पार गर्दै उपभोक्तासम्म पुग्दा मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ । उहाँले किसानहरू सिधै बजारसम्म पहुँच राख्न नसक्दा बिचौलियामा निर्भर हुन बाध्य भएको पनि उनले उल्लेख गर्नुभएको छ ।

शाहीले यो समस्या केवल केरा बालीमा सीमित नभई समग्र कृषि प्रणालीकै कमजोरीको संकेत भएको स्पष्ट गर्दै पत्रमा लेख्नुभाएको छ “यदि यस्ता समस्या समाधान गरिएन भने किसानहरू कृषि पेशाबाट निरुत्साहित हुने र देशको खाद्य सुरक्षा नै संकटमा पर्न सक्छ ।”

शाहीले सरकारसँग केराका बिचौलियामाथि कडा कारबाही गर्न, किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि बजार प्रणालीमा सुधार ल्याउन माग गर्दै किसानको पसिनाअनुसारको मूल्य सुनिश्चित गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै सरकार चाँडै संवेदनशील भई प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.