क्रिकेटखेल

आइसिसी विश्वकप लिग २ : नेपालद्वारा यूएई ३७ रनले पराजित

आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलामा अन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा यूएईलाई ३७ रनले पराजित गर्दै नेपालले श्रृङ्खलामा विजयी सुरुवात गरेको हो ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय रनमा समेटियो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले ९० बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकीय पारी खेले भने ओपनर कुशल भुर्तेलले २४ रन जोडे ।

त्यस्तै करण केसीले २२ रन जोड्दा आरिफ सेख र सोमपाल कामीले समान १५-१५ र भिम सार्कील १० रन बनाए । युएईका लागि अजय कुमार र जुनेक सिद्दिकी समान तीन-तीन विकेट लिए भने खुजाइमा तनभीरले दुई विकेट लिंदा हैदर अली र मोहम्मद शाहदादको भागमा समान एक-एक विकेट रह्यो ।

नेपालले प्रस्तुत गरेको २ सय १ रनको लक्ष्य लिएर मैदान उत्रेको यूएई ४८ दशमलव २ ओभरमा १ सय ६३ रनमा समेटियो । यूएईको लागि हर्पीत सिंह ३९ रन बनाए भने मुहमद वासिमले ३४ रन जोडे । त्यस्तै अक्षदीप नाथले ३० रन जोड्दा निलान्स केस्वानी र आर्यान्स शर्माले समान १८-१८ रन बनाए । नेपालको लागि करण केसीले चार विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई-दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र ललित नारायण राजवंशीको भागमा समान एक-एक विकेट रह्यो ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल(कप्तान) आशिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, दिपेन्द्रसिह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसिर अहमद र ललित राजवंशी रहेका छन् ।

सिरिजमा नेपाल, यूएई र ओमानको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.