नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ -एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।
राखेपद्वारा छानबिन समिति गठन गरी तीन महिना निलम्बनमा रहेको एन्फा अध्यक्ष नेम्वाङलगायत केही पदाधिकारी विश्व फुटबल महासङ्घ -फिफा) कंग्रेसमा भाग लिन क्यानडा जाने तयारीमा थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार छानबिन समिति गठन गरिएको हो ।छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो ।
खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको छ । राखेपका सदस्यसचिव राम चरित्र मेहताले देशको कानुनभन्दा माथि कोही नरहेकोले एन्फाको विषयमा छानबिन भइरहेको बताउनुभयो ।
राखेपले आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले ‘अर्ली इलेक्सन’ गर्न लागेपछि गत चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।





प्रतिक्रिया राख्नुहोस्