राजनीति

बुद्धका सन्देश व्यवहारमा रूपान्तरण गर्न सकेमा दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने

राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति तथा समृद्धिको आधार निर्माण हुने बताउनुभएको छ ।

ललितपुरको नागवहालमा अवस्थित हीरण्यवर्ण महाविहार तारेमाम् सङ्घको हीरक महोत्सवलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्ध दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य तथा आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान खेल्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएका छन् ।”

राष्ट्रपति पौडेलले बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकाले उक्त ज्ञानको संसारभर प्रचारप्रसार भइरहेको उल्लेख गर्दै शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो ।

शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउनेतर्फ ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।

उहाँले नेपालमा जन्मिएका बोधिसत्व सिद्धार्थ गौतमबुद्धले प्रतिपादन गर्नुभएको बुद्ध धर्म तथा बौद्ध दर्शन विश्वव्यापी रुपमा फैलिएको उल्लेख गर्दै बुद्धले देखाउनुभएको चतुआर्य सत्य, प्रतीत्यसमुत्पाद र आर्यअष्टाङ्खीक मार्गले विश्वका सबै प्राणीको दुःखबाट मुक्तिको बाटो देखाएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.