राजनीति

राष्ट्रपतिद्वारा सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा २०८३ साल वैशाख १७ गतेदेखि लागू हुने गरी सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरिएको हो।

यसअघि राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । सरकारले विभिन्न शीर्षकका ६ वटा अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको छ ।

राष्ट्रपति कार्यालयमा ११० वटा सार्वजनिक संस्थामा यसअघिका सरकारले गरेका नियुक्ति खारेज गर्ने गरी अध्यादेश पनि पेस भएको छ।

सो अध्यादेश ‘राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले यो अध्यादेश ल्याइएको हो उक्त अध्यादेशमा ११० वटा सार्वजनिक संस्थामा नियुक्त पदाधिकारीको पद खारेज गर्ने व्यवस्था रहेको छ।

राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.