काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको श्रृङ्खलामा नेपालले युएईलाई २ सय ९० रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा नेपालले ७ विकेट गुमाएर २८९ रन बनायो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ९४ बलमा १००, विनोद भण्डारीले ७९ बलमा ५६ तथा गुल्शन झाले ३८ बलमा ४४ रनको मद्दतले २ सय ८९ रन बनाउन सफल भयो ।
यसअघिका खेलमा रहेका चार खेलाडी परिवर्तन गरिएको आजको खेलमा ओपनर विनोद भण्डारीले ५६ रनको पारी खेले भने अर्का ओपनर अर्जुन कुमाल ११ रनमा आउट भए ।

नेपालका लागि सानदार पारी खेल्ने क्रममा दीपेन्द्र र गुल्शनले ७७ दलमा १०२ रनको साझेदारी गरे । कप्तान रोहित पौडेलले सम्हालिएर ३९ रनको पारी खेल्दा आरिफ शेखले ११ रन बनाउनुभयो ।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले दुई तथा जुनैद सिद्दिकी, हैदर अली र खुजैमा तनवीरले एक एक विकेट लिनुभयो ।





प्रतिक्रिया राख्नुहोस्