राजनीति

उपराष्ट्रपति यादव युरोप दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सरिक

उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा नेपालका लागि युरोपेली सङ्घ (इयू)का राजदूत भिरोनिक लरेन्जोले शुक्रबार साँझ ललितपुरमा आयोजना गर्नुभएको विशेष स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यस अवसरमा राजदूत लरेन्जोले ५२ वर्ष पुरानो इयू र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । शिक्षा र सीप विकासका माध्यमबाट नेपाली युवालाई रोजगारीका अवसर सृजना गर्न इयूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

नेपालको सामाजिक–आर्थिक विकासका साथै जलवायु परिवर्तनका प्रभाव घटाउन इयूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता राजदूत लरेन्जोले व्यक्त गर्नुभयो । समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, उद्योगपति–व्यापारीका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.