जापान

जापानमा यो वर्ष दादुराका चारसयभन्दा बढी संक्रमित फेला

जापानमा यस वर्ष दादुराका बिरामीहरूको संख्या ४०० नाघिसकेको छ। यो संख्या सन् २०१९ को सोही अवधिको हाराहारीमा पुगेको छ, जुन विगत एक दशककै सबैभन्दा धेरै संक्रमित फेला परेको वर्ष थियो।

दादुरा अति संक्रामक भाइरसका कारण लाग्ने रोग हो, जुन हावाको माध्यमबाट फैलन सक्छ। यसले गर्दा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा डाबरहरू देखिने गर्छ। गम्भीर अवस्थामा यो ज्यान लिने खालको पनि हुन सक्छ।

जापान इन्स्टिच्युट फर हेल्थ सेक्युरिटीका अनुसार, अप्रिल २६ सम्मको एक सातामा ६८ जना नयाँ संक्रमित भेटिएसँगै यस वर्षको कुल संख्या ४३६ पुगेको छ।

संस्थानको अनुमान अनुसार, तीमध्ये ७० प्रतिशत मानिसहरू जापान भित्रिएको भाइरसका कारण देश भित्रै संक्रमित भएका हुन्। सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले जापानलाई दादुरा मुक्त देश प्रमाणित गरेको थियो।

जापानको स्वास्थ्य मन्त्रालयले संक्रमण रोक्नका लागि खोप अनिवार्य रहेको बताएको छ, विशेष गरी बालबालिकाहरूमा। मन्त्रालयले खोप नलगाएका शिशुहरूको सम्पर्कमा रहने व्यक्तिहरू, विमानस्थलका कर्मचारीहरू र यात्रुहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने अन्य व्यक्तिहरूलाई खोप लगाउन सुझाव दिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.