खेलफूटबल

राखेपद्वारा एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथिको प्रतिबन्ध शुक्रबार फुकुवा गरेको छ । एन्फाका प्रवक्ता सुरेश साहले राखेपको निलम्बन बिनाशर्त फुकुवा गरेको जानकारी दिनुभयो ।

उहाँले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका प्रमुख खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राईलगायतले शुक्रबार छलफल गरेपछि राखेपले निशर्त निलम्बन फुकुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

पङ्कजविक्रम नेम्वाङ नेतृत्वको एन्फालाई यसअघि राखेपले तीन महिनाका लागि निलम्बन गरेको थियो । तहगत निर्वाचनसहित विधान संशोधन गर्न दिएको निर्देशनलाई एन्फाले अवज्ञा गरेको भन्दै राखेपले गत चैत ११ गते निलम्बन गरेको थियो ।

त्यसअघि राखेपले पटकपटक निर्देशन गरे तापनि एन्फाले गत चैत १३ गते निर्वाचन गर्ने आडान लिएपछि राखेपले निलम्बन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.