राजनीति
सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी हुने बताउनुभएको छ ।
प्रेस सेन्टरले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग मिलेर सरकार गठन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो ।
“मधेसवादी दलसहित सबै दलको सहमतिमा संयुक्त सरकार बनेमा मात्र हाम्रो दल सरकारमा जान्छ,” उहाँले भन्नुभयो, “कांग्रेस र एमालेबाट अलग–अलग सरकार निर्माणको प्रस्ताव आएको थियो त्यसलाई मैले अस्वीकार गरेको छु ।”





प्रतिक्रिया राख्नुहोस्