अर्थ
आठ सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु २० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ४० कायम भएको छ ।
हिजो आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्