अर्थ
तीन हजार तीन सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजार तीन सयले र चाँदी १२५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मंगलबार प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९२ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने चार हजार ९६० रुपैयाँ निर्धारण भएको छ ।





प्रतिक्रिया राख्नुहोस्