ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकीय पारीमा एसियन गेम्स पुरुष क्रिकेट छनोट खेल अन्तर्गत आफ्नो पहिल खेलमा नेपालले चीन सामू जितको लागि ३ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सिंगापुरमा जारी खेम टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३ सय १३ रनको विशाल योगफल तयार पारेको हो ।
नेपालका लागि ओपनर कुशलले ४३ बलमा ५ चौका र १६ छक्काको सहयोगमा १ सय २९ रनको शतकीय पारी खेले भने कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८५ रन रोहित पौडेलले २१ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६९ रनमा अविजित रहे ।
यी दुईले तेस्रो विकेटका लागि १ सय १६ रनको अविजित साझेदारी गरे । यस्तै आसिफले ओपनर आसिफ शेखले ११ रन बनाए । यता भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा २ हजार रन पनि पूरा गरेका छन् । उनले ७७ खेलमा २ हजार रन पूरा गरेका हुन् । योसँगै भुर्तेलले दीपेन्द्रसिंह ऐरीपछि २ हजार रन पूरा गर्नेमा आफ्नो नाम लेखाएका छन् । नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बने ।
यसअघि ऐरी नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका थिए ।




प्रतिक्रिया राख्नुहोस्