एसियन कप पुरुष छनोटको पहिलो खेलमा नेपालले सानदार सुरुवात गरेको छ । आइतबार बिहान भएको खेलमा चीनलाई २ सय २१ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।
सिंगापुरको सिंगा ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३ सय १३ रनको विशाल योगफल तयार पारेको हो ।
नेपालका लागि ओपनर कुशलले ४३ बलमा ५ चौका र १६ छक्काको सहयोगमा १ सय २९ रनको शतकीय पारी खेले भने कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८५ रन रोहित पौडेलले २१ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६९ रनमा अविजित रहे ।
यी दुईले तेस्रो विकेटका लागि १ सय १६ रनको अविजित साझेदारी गरे । यस्तै आसिफले ओपनर आसिफ शेखले ११ रन बनाए । यता भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा २ हजार रन पनि पूरा गरेका छन् । उनले ७७ खेलमा २ हजार रन पूरा गरेका हुन् । योसँगै भुर्तेलले दीपेन्द्रसिंह ऐरीपछि २ हजार रन पूरा गर्नेमा आफ्नो नाम लेखाएका छन् । नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बने ।
यसअघि ऐरी नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका थिए । नेपालले दिएको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीनले १९.२ ओभरमा ९२ रनमा समेटियो ।
चीनका लागि शेंजियन हेङ्गले ३१, डु जिअन्हाओले १७ र टिअन सेन्कुनले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कुशल मल्लले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिँदा नन्दन यादवको भागमा एक विकेट रह्यो ।
खेलको म्यान अफ दि म्याच कुशल भुर्तेल भए । अब नेपालले छनोटको दोस्रो खेल आगामी बिहिबार मलेसियासँग खेल्नेछ ।




प्रतिक्रिया राख्नुहोस्