जापान सरकार र ठूला बैंकले पाउने भए उन्नत एआई ‘क्लाउड मिथोस’ पहुँच
कृत्रिम बुद्धिमत्ता (एआई) विकासकर्ता कम्पनी ‘एन्थ्रोपिक’ले आफ्नो उन्नत एआई मोडेल क्लाउड मिथोसमा थप १५० नयाँ संस्था र संगठनलाई पहुँच दिने घोषणा गरेको छ।
जापानका अर्थमन्त्रीका अनुसार जापान सरकार तथा केही प्रमुख वित्तीय संस्थाहरू पनि यस सूचीमा परेका छन्। एन्थ्रोपिकले मंगलबार जारी गरेको जानकारीअनुसार नयाँ पहुँच प्राप्त गर्ने संस्थाहरू १५ भन्दा बढी देशमा आधारित छन्।
ती संस्थाहरूमा विद्युत्, खानेपानी, स्वास्थ्य सेवा तथा सञ्चारजस्ता महत्वपूर्ण पूर्वाधारसँग सम्बन्धित उद्योगहरू समावेश छन्। हाल क्लाउड मिथोस करिब ५० कम्पनी तथा संस्थामा मात्र सीमित छ।
सफ्टवेयरका कमजोरी (भल्नरेबिलिटी) पहिचान गर्न सक्ने यसको उच्च क्षमताको दुरुपयोग गरी साइबर आक्रमण हुन सक्ने जोखिमका कारण पहुँच सीमित राखिएको थियो।
कम्पनीले नयाँ साझेदारहरूले निर्धारित सुरक्षा मापदण्ड पूरा गरेपछि मात्र उक्त एआई प्रणालीको प्रयोग गर्न पाउने जनाएको छ।
जापानका प्रमुख बैंकहरू मित्सुबिशी यूएफजे वित्तीय समूह (एमयूएफजी), सुमितोमो मित्सुई वित्तीय समूह तथाले आफ्ना कम्प्युटर नेटवर्कहरूको सुरक्षा परीक्षण गर्न र सम्भावित कमजोरीहरू पहिचान तथा सुधार गर्न मिथोसको पहुँच प्राप्त गर्ने अपेक्षा गरिएको छ।
यी बैंकहरूले साइबर सुरक्षामा केन्द्रित एआई मोडेल विकास गरेको एन्थ्रोपिकको प्रतिस्पर्धी कम्पनी OpenAI को नवीनतम मोडेलको पहुँच पनि प्राप्त गरिसकेका छन्।




प्रतिक्रिया राख्नुहोस्