राजनीति

रास्वपा पर्वतमा पुन निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जलबहादुर पुन सभापतिमा निर्वाचित हुनुभएको छ ।

रास्वपा

दश सदस्यीय कार्यसमिति उपाध्यक्षमा शारदाकुमारी शर्मा, सचिवमा रामेश्वर गौतम र सहसचिवमा नारायणप्रसाद भुसाल चुनिनुभएको छ ।  यसैगरी सदस्यमा दिनेश बस्याल, वीरेन्द्रविक्रम मल्ल ठकुरी, रसिला पौडेल मल्ल, प्रतिमा शर्मा सुवेदी, ठक्करप्रसाद शर्मा र गणेशप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।

अधिवेशन उद्घाटन गर्दै  प्रतिनिधिसभा सदस्य सागर भुसालले जनताको चाहनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनमा जिल्लाका ६१ वटै वडाबाट प्रतिनिधिहरु सहभागी थिए । जिल्लाका सात पालिका र ६१ वटा वडाको अधिवेशन यसअघि भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.