अर्थ

आठ हजार दुई सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार दुई सय र चाँदी रु ३३५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ८०० कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८९५ निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन रु तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २३० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.