कास्की पोखरा समाज जापानको बिबिब्यू समर पार्टी (फोटोहरुसहित)
नेपालको कास्की जिल्लाबाट जापानको विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था कास्की पोखरा समाजले जापानबासी नेपालीका साथ कास्केलीहरुलाई जोड्ने उद्देश्यका साथ वृहद वनभोज सम्पन्न गरेको छ ।
परदेशमा बसेर आफ्नोपन साटासाट गर्ने उद्देश्यसहित आयोजित बिबिब्यू समर पार्टीमा जुलाई ७ आइतबार टोकियोको साकुरात्सुमी पार्कमा आयोजना गरिएको हो ।
जापानबासी नेपाली र नेपालमा विभिन्न समाजिक कार्यका लागि रकम संकलन गर्ने उद्देश्यसहित भएको कार्यक्रममा नेपालीहरुका अतिरिक्त जापानी नागरिकहरुको पनि सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष कमल बास्तोलाले समाजको स्थापनाको उद्देश्य र गरिएका कार्यक्रमबारे जानकारी दिंदै जापानबासी नेपालीहरुको सुख, दुःखममा साथ दिने र जापानमा सिकेका ज्ञान, सीपलाई कसरी नेपालसंग जोड्ने भन्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उहाँले कास्की पोखरा समाजले जहिल्यै केही नयाँ काम गर्न सकिन्छ कि भन्नेमा प्रयत्नशील रहेको र आगामी दिनमा जापानबासी नेपालीमा भोगिरहेका स्वास्थ्य समस्या र मृत्युपछि आइपर्ने आर्थिक समस्या समाधान गर्न लागिपरिरहेको बताउनुभयो ।


टोकियोबाट दीपक पौडेलको सहयोगमा




प्रतिक्रिया राख्नुहोस्