राजनीति

रास्वपा तनहुँको अध्यक्षमा पुनः बाँस्तोला

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा पुनःविश्व बाँस्तोला विजयी हुनुभएको छ ।

आइतबार भएको निर्वाचनमा बाँस्तोलाले १८७ मत पाएर विजयी बन्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी डा शेषरमण न्यौपानेले ६४ मत प्राप्त गर्नुभएको निर्वाचन संयोजक लक्ष्मी अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपसभापतिमा विष्णुबहादुर पन्तले १३१ मत पाएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी पदराज न्यौपानेले १२४ मत पाउनुभयो । त्यसैगरी, सचिवमा अनिल श्रेष्ठ सर्वसम्वत निर्वाचित हुनुभयो । सहसचिवमा दुर्गाकुमार श्रेष्ठले १२७ मत पाएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी पदम सुनारले १२६ मत पाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.