राजनीति

रास्वपा प्युठानको सभापतिमा पोखरेल चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्युठान जिल्ला सभापति पदमा विकास पोखरेल निर्वाचित हुनुभएको छ । पार्टीको प्रथम जिल्ला अधिवेशनले उहाँलाई जिल्ला सभापति निर्वाचित गरेको हो ।

पार्टीका संस्थापक सभापतिसमेत रहनुभएका पोखरेल स्थापनाकालदेखि नै सङ्गठन निर्माणमा सक्रिय रहँदै आउनुभएको थियो । निर्वाचन समितिका अनुसार कूल ३२४ मतदातामध्ये २०४ जनाले मतदान गरेका थिए । खसेको मतमध्ये २०३ मत सदर र एक मत बदर भएको थियो ।

सभापतिमा पोखरेल १५३ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी वमबहादुर सुनारले ४४ मत प्राप्त गर्नुभयो । उपसभापतिमा केशवबहादुर महतरा निर्वाचित हुनुभयो । त्यस्तै सचिवमा यज्ञविर पाण्डे, सहसचिवमा ओमहरि भट्टराई विजयी हुनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.