क्रिकेटखेल

हङकङद्वारा नेपाल सामू जितको लागि १ सय ८९ रनको लक्ष्य

सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा हङकङले नेपाल सामू जितको लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुर नेशनल क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । हङकङको लागि अंशुमन रथले बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय पारी खेले भने शहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै शिव माथुरले २६ रन बनाए । नेपालको लागि शेर मल्लले चार विकेट लिए भने करण केसीले दुई विकेट लिंदा सन्दीप लामिछानेको भागमा एक विकेट रह्यो ।

गत आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो भने हङकङले पनि मलेसियालाई छ विकेटले पराजित गर्दै नेपालसंगको उपाधि भिडन्त पक्का गरेको थियो । दुवै टोली अपराजित रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।

त्यसअघि आजै भएको तेस्रो स्थानको लागि भएको खेलमा मलेसियाले ओमानलाई आठ विकेटले पराजित हुँदै तेस्रो भएको थियो । नेपाल, हङकङ, मलेसिया र ओमान एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भइसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.