राजनीति

सुस्तामा एसएसबीले ज्यादती गर्यो, रक्षामन्त्री कहाँ हुनुहुन्छ ?

संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको चर्को विरोध गर्दै आउनुभएका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्मराज राईले शुक्रबार सदनमा रक्षामन्त्रीको उपस्थिति सुनिश्चित गर्न माग गर्नुभएको छ ।

संसदको विशेष समयमा बोल्दै सांसद राईले नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि हप्कीदप्की गर्दै आतंक सिर्जना गरिरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सरकारका तर्फबाट स्पष्ट जवाफ दिन रक्षामन्त्री सदनमा उपस्थित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । राईले भन्नुभयो, “प्रधानमन्त्रीज्यू संसदमा आउनुहुन्न भने रक्षामन्त्रीलाई भए पनि बोलाइदिनुस्। सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्रीलाई सदनमा उपस्थित गराउनुपर्छ। हामी केही प्रश्नहरू सोध्न चाहन्छौं।”

उहाँले प्रधानमन्त्री अनुपस्थित रहे पनि रक्षामन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेमा जोड दिँदै सुस्ता क्षेत्रमा एसएसबीको गतिविधि र सीमा सुरक्षामा नेपाली सेनाको उपस्थिति किन नरहेको भन्ने विषयमा पनि स्पष्टता माग गर्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.