फिफा विश्वकपमा स्विट्जरल्यान्ड र कतारले बराबरी खेलेका छन् । शनिबार मध्यराति भएको समूह ‘बी’को खेलमा कतार र स्विट्जरल्यान्डले १–१ को बराबरी खेलेका हुन् ।
योसंगै कतारले विश्वकप फुटबलमा ऐतिहासिक पहिलो अंक जोडेको हो । खेलको १७औं मिनेटमा स्ट्राइकर ब्रिल एम्बोलोले पेनाल्टीमा गोलकिपर महमुद अबुनादालाई बिट गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । यसअघि मिडफिल्डर रेमो फ्रेउलरलाई अबुनादाले फउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो ।
पहिलो हाफ १-० मा सकिएको खेलमा दोसो हाफमा कतारले गोल फर्कायो । कतारका कप्तान बोआलेम खुखीले हेडरमार्फत ९०+(४’) मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन र खेल बरबरिम्मा सकियो ।
यद्यपि स्विट्जरल्यान्डले कतारमाथि एकतर्फी दबाब बनाएपनि गोल गर्ने केही सुन्दर अवसर खेर फालेको थियो । यसअघि समूह ‘बी’को पहिलो खेलमा पनि सह–आयोजक क्यानडाले बोस्नियासँग १–१ को बराबरी खेलेको थियो ।




प्रतिक्रिया राख्नुहोस्